
नारीकोसिस डटकम चैत्र ३, खोटाङ । खोटाङको रावाबेंसी गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ ।
शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवार विस्थापित भएका थिए। विस्थापित उनीहरुलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।
गाउँपालिका प्रमुख निरौला नेतृत्वको टोलीले आगोबाट विस्थापित भएका पीडितलाई शनिबार बिहान भग्नावशेष बनको घरमा पुगेर राहत प्रदान गरेको हो ।
डढेलोबाट सर्वस्व गुमाएका अग्नी पीडितलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार ६० केजी चामल, १० लिटर तेल, नुन, दाल, चिउरा, भाँडा, कम्बल, त्रिपाल लगायतका बन्दोवस्तीका सामान प्रदान गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए ।
सामुदायिक वनबाट गाउँमा छिरेको डढेलोले रावाबेंसी र ऐंसेलुखर्क गाउँपालिकामा लाखौंको धनमालमा क्षती पुगेको छ। डढेलोले घर, नगद, सुन, चाँदी, अन्नलगायत जल्दा गोपालको परिवारको १५ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । यस्तै, युवराजको परिवारको १३ लाख, भीमप्रसादको परिवारको ६ लाख र अभिकेसरको परिवारको ६ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु