
मेवा आफैंमा मिठो फल हो । मेवालाई मीठो फलको रूपमा लिने गरिन्छ। जुनसुकै मौसममा पनि मेवा सर्वसुलभ रूपमा पाइने फल हो। खाँदा मीठो हुने भएकाले मेवालाई धेरैलाई मनपर्ने फलफूलको रूपमा लिने गरिन्छ। मेवामा पाइने विभिन्न खालका भिटामिनहरूले गर्दा मेवा खानु हाम्रो शरीरका लागि फाइदाजनक पनि मानिन्छ ।
१.मेवामा प्रशस्त मात्रामा भिटामिन बी पाइन्छ, जसले गर्दा रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै आँखाको दृष्टि, छाला र श्वासप्रश्वासका लागि राम्रो मानिन्छ ।
२.मेवामा प्रशस्त मात्रामा फोलिक एसिड तथा भिटामिन बी पाइने गर्छ ।
३.गर्भवती महिलाले नियमित रूपमा मेवा खाने गर्नाले यसमा पाइने फोलिक एसिडले आमाको पेटमा बच्चाको वृद्धि र किकास राम्रोसँग हुने तथा अपांग बच्चा जन्मने सम्भावना धेरै कम हुन्छ ।
४.मेवामा पर्याप्त फाइबर पाइने गर्छ। यसले गर्दा नियमित रूपमा मेवा खाने गर्नाले कब्जियत तथा अन्य पाचन प्रक्रियासम्बन्धी समस्या भएकाहरूका लागि मेवा खानु राम्रो मानिन्छ।
५.मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
६.मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकाले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ साथै यसले रगतलाई सफा पनि बनाउँछ।
७.जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुनुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु