गर्मी मौसममा कस्तो खानेकुरा खाँदा फाईदा हुन्छ ? जान्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गर्मी मौसममा कस्तो खानेकुरा खाँदा फाईदा हुन्छ ? जान्नुहोस्

Share

यति बेला नेपालमा मध्य गर्मी छ । गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ । विशेषगरी राती खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् ।

यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउँ पुग्छ । गर्मीमा के–के खाँदा स्वास्थ्य लाई फाईदा हुन्छ रु आउनुहोस् जानौँ

काँक्रो:
काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानासँग सेवन गर्नु राम्रो हुन्छ । काँक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन प्रक्रिया सन्तुलित राख्नुका साथै शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।

लौका:
लौकामा हाम्रो शरीरलाई फाइदा पु¥याउने थुप्रै गुण हुन्छन् । यसमा पानीको मात्रा धेरै हुने भएकाले गर्मीमा यसले शरीरलाई हाइड्रेट बनाइराख्छ । रातिको खानामा लौका खाएपछि पानी कम खादा पनि डिहाइडे«शन हुन पाउँदैन । यदि तपाईंलाई गर्मीमा कुनै पनि खाना राम्रोसँग पच्दैन भने लौकाको सेवन गर्नु वेश हुन्छ । लौकालाई तरकारी, अचार तथा खीर बनाएर पनि खान सकिन्छ ।

फर्सी:
फर्सीमा पोटासियम तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले शरीरलाई चिसो बनाइराख्न मद्दत गर्छन् । गर्मीको समयमा रातिको खानामा यसलाई अवश्य समावेश गर्नुहोस् । फर्सीको सेवनले शरीरमा ब्लड सुगर पनि नियन्त्रण हुन्छ ।

घिरौंला:
घिरौंला गर्मी महीनाका लागि एकदमै उपयोगी हुन्छ । यसलाई तरकारीको रूपमा खानाले पाचनक्रिया राम्रो हुनुका साथै पेटसम्बन्धी समस्यामा सुधार ल्याउँछ ।

दही:
दहीमा प्रशस्त मात्रामा पोषक तत्त्वका साथै क्याल्सियम हुन्छ । रातिमा दही खानाले पेटसम्बन्धी समस्या हुँदैन । दहीको सेवनले शरीर शीतल बन्छ ।

उसिनेको आलु:
गर्मीको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले राम्रो गर्छ । आलुमा कार्बोहाइड्रेट हुन्छ, जसलाई पचाउन सजिलो हुनुका साथै गर्मीसँग लड्न पनि सहयोग पुर्‍याउँछ । यसको सेवनले निद्रा पनि राम्रोसँग लाग्छ ।

तपाईको प्रतिक्रिया