लैड्गिक समता र लैड्गिक समानता भनेको के हो ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
लैड्गिक समता र लैड्गिक समानता भनेको के हो ?

Share

समता र समानता दसवै शब्द सुन्दा समान अर्थ लाग्ने भए पनि यी दुई शब्दको वास्ताविक अर्थ धेरै फरक खालको पाईन्छ । महिला र पूरुषबीच समान मूल्यमान्यता कायम गर्नु, राजनीतिक, आर्थिक, सामाजकि र बौद्धिक विषका लागि समान अवसर प्रदान गर्नु तथा महिला र पूरुषबीच समान हैसियत कायम राख्नुलाई लैड्गिक समानता भनिन्छ ।
लैड्गिक समता भनेको महिला र पूरुषहरुबीच विभिन्न क्षेत्र तथा समाजका विविध पक्षहरुमा समान पहुँच कायम गर्नका लागि प्रदान गरिने समान न्याय, निष्पक्षता र उचित व्यवहारलाई बुझाउदछ । महिला र पुरुषविचमा जन्मजात न्याय कायम गर्नु नै लैड्गिक समता हो । महिला र पूरुष दुवैको क्षमताअनुसार व्यवहार गर्नु दुवैको अवस्थाअनुसार अवसर उपलब्ध गराउनु, प्राकृतिक संरचना, क्षमता, स्वभावअनुसार समान व्यवहार गर्नु अवसर प्रदान गर्नु नै लैड्गिक समता हो ।

लैङ्गिक समानता
यो आर्दश हो ।
न्याय दिने प्रयास हो ।
यो बढी अर्मूत हुन्छ ।
यो अवसर र पहुँच समानुपातिक हुदैन ।

लैङ्गिक समता
यो व्यवहार हो ।
न्याय प्राप्त भएको अनुभूति हो ।
यो वास्तविक र मूर्त हुन्छ ।
अवसर र पहुँचको समानुपाति वितरण हुन्छ ।

तपाईको प्रतिक्रिया