साढे दुई दशक राजनीतिक जीवन त्यागेर कृषि व्यवसायी बनेकी रिता मानुसीको लोभलाग्दो सफलता

सुनिता तामाङ/निर्मला सापकोटा सञ्जेल, ललितपुर ।
आम मानिस भन्ने गर्ने गर्दछन् की जीवन सोचे जस्तो हुदैन । तर यसको अर्थ यो होइन कि जीवनमा निराश भएर पछि हट्नु भनेको पक्कै होइन । जीवनलाई समय र परिस्थिति अनुसार अगाडि बढाउनुपर्दछ । जीवनमा आईपर्ने संघर्ष, चुनौती र हर समस्यालाई सामना गर्दै आफ्नो लक्ष्यप्रति निरन्तर लागिरहेमा सफलता हाँसिल गर्न त्यति कठिन छैन भन्ने एक उदाहरणिय पात्र हुन् रिता मानुसी ।
पश्चिम रुकुम जिल्लामा जन्मिएकी स्कुल जीवनकालदेखि निरन्तर साडे दुई दशक राजनीतिक यात्रामा आफ्नो जीवन विताएकी मानुसी अहिले ललितपुरको लुभुमा कृषि व्यवसाय गर्दै छिन् । जातिय भेदभाव तथा छुवाछुत प्रथा लगायत महिलालाई समाजले हेर्ने दृष्टिकोण र महिलामूक्तिका लागि राजनीतिमा लागेकी उनलाई समय र परिस्थितिले कृषि व्यवसाय बनाएको छ । हुन त आफ्नो कृषि व्यवसाय तथा पेशालाई साहयक ठान्ने उनी नारी मूक्तिको लागि भने राजनीति नै मूख्य मान्छिन् । २६ वर्षको राजनीतिक यात्राले केही उपलब्धि नभए जस्तो उनलाई महशुस भएपछि र सधै नेताको पछि लागेर पनि केही नहुने रहेछ भन्ने लागेर राजनीतिक जीवन त्यागेर आत्मनिर्भरता बाटो रोजिन् । “म ६ क्लास पढेदेखि राजनीतिमा लागेको, जव म १३/१४ वर्षको थिए, त्यतिखेर म राजनीति बुझेर होईन, म एउटा दलित त्यो समाजले दलितहरुलाई हर्ने दृष्टिकोण फरक अनि म छुवाछुतविरुद्धमा लागे । करिव मेरो युवा अवस्थाको उर्वरा जीवन २५/२६ वर्ष राजनीतिमा गयो । पछि मलाई के लाग्यो भने यो राजनीतिको नेतृत्व वेठिक लाग्न थाल्यो अनि त्यसपश्चा नेताको पछि लाग्नु हुन्न र मैले पनि केही गर्नुपर्छ भन्ने लागेर यो कृषि पेषमा लागेकी हुँ ।”
राजनीतिक जीवनलाई त्यागेर काठमाडौमा डेरामा बस्दा सुरुवती दिनमा आफ्नो दैनिकी जीवन गुजरा गर्न धौ धौ भएपछि दैनिकी चलाउन उनले एक कृषि फार्ममा १९ महिना मजदुरको रुपमा काम गरिन् । काम गर्दै जाँदाको अनुभवले उनलाई ‘म पनि यो व्यवसाय गर्न सक्छु र मैले जसरी पनि गर्नुपर्छ’ भन्ने संकलप लिएर उनी कृषि व्यवसायमा लागेकी हुन् । कृषि व्यवसाय महिलाहरुका लागि एक सुरक्षित र जो पढेलेखेका शिक्षित युवावर्ग छन् जसले कृषि पेशालाई, नपढेकोले गर्ने भन्ने आम धारण छ त्यस्ता भ्रमलाई चिर्न पनि यो पेशा रोजेकी हुन् । “काठमाडौमा डेरा लिएर बस्दा खेरी चामल कोठाभाडा, मोवाईल खर्च समेत नहुने मेरो स्थिति थियो, र कतैबाट आफ्नो समस्याको हल नहुने भएपछि, १९ महिना मजदुरी जुन खेतीमा काम गरे, कोठाभाडा तिरे, दैनिक खर्च चलाए, त्यो सँगसँगै मैले सिप सिके त्यसको प्रतिफल यो हो ।”
विविध कारणले औपचारिक शिक्षालाई निरन्तर दिन नपाएकी उनले समयअनुकुल बनाएर आफ्नो काम सँगसँगै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी उनी खुलेर गर्वका साथ भन्छिन् ‘की शिक्षित युवा वगलार्ई व्यवसायिक रुपमा कृषिमा लागे बैदेशिक रोजगारीको विकल्प यही भएको उनी सुझाउछिन् । “यदि पढेलेखेको महिलाहरु भएमा विभिन्न किटनाशक औषधीहरुको नाम विउविजनहरुको नाम इङ्गलिसमा हुन्छ, त्यसैले महिलाहरुको लागि सजिलो छ र बैदेशिक रोजगारीमा पनि जानुपर्दैन, जुन अहिले बैदेशिक रोजगारीले ल्याएको सम्बन्ध विच्छेद लगायत विवध समस्या छ । त्यो हुन नदिन पनि महिलाहरुको लागि सुरक्षित पेशा हो यो ।”
साढे दुईवर्ष अगाडि ७ रोपनी जग्गा भाडामा लिएर, १३ लाख लगानीमा सुरुवात गरेकी कृषि फार्म, अहिले २५ लाख लगानी र १५ रोपनी जग्गामा सञ्चिालित छ । उक्त तरकारी कृषि फार्ममा गोलभेडा, सिमी, घिराउला, साग, करेला, धनिया, काउली लगायत विभिन्न तरकारीहरु उत्पादन हुन्छ । उक्त तरकारी उत्तपादनबाट वार्षिक आम्दानी २५ लाख हुन्छ भने ५ लाख वचत हुन्छ ।
सुरुमा टनेल निर्माणको लागि झापादेखि वाँस ल्याउनुपर्दाको सास्ती, सिंचाईको अभाव देखि लिएर नेपाल बैंकबाट क्रिन लिनका बैंकलाई विश्वास दिलाउन सक्नु सामन्य चनौतीहरु थिएनन उनका लागि । “सुरुमा धेरै चनौती थियो मेरो लागि, झापादेखि, बाँस ल्याउनुप¥यो, ईनार खने, पानी आएन, व्याड राखे, नर्सरी सुक्यो, बैङ्कलाई विश्वास दिलाउन देखि लिएर आर्थिक जोहोको चुनौतीहरु सामना गर्नुप¥यो, तर मैले हरेस् खाईन । गरे भने हुने रहेछ ।”
समय र पस्थितिअुसार काम गर्दै जाँदा भोगेका संघर्ष, चुनौती र समस्यालाई सामना गर्दै आपूmले पाएको सफलता र आफ्नो पेशाप्रति गौरव गर्दै आम महिला दिदिवहिनीलाई पनि व्यवसायिक ढंगले कृषिमा लाग्न उनको आग्रह छ । साथै कुनै पनि कार्यमा लागेपछि त्यसमा निरन्तर लागिरहेमा, सफलता प्राप्त गर्न त्यति कठिन नभएको र उनको प्रेरणबाट पनि केही महिलाहरु सफल कृषि व्यवसायी बन्न सफल भएको छ । “मेरो प्रेरणाबाट पनि केही महिला दिदिबहिनीहरु कृषि व्यवसाय बनेका छन्, जे होस् खुशी छु”
रिता मानुसीको श्रम, मिहनेत, लगनशिलता र निरन्तरताले पाएको सफलताप्रति हामीले सम्मान गर्नुपर्दछ । रिता मानुसी जस्ता महिला युवा व्यवसायीलाई राज्यले प्रोत्साहन दिएमा महिला शशक्तिकरण तथा देशको अर्थतन्त्रमा समेत टेवा नपुग्ला भन्न सकिन्न ।
भिडियो:
तपाईको प्रतिक्रिया