श्रीमानको साथ र राजनैतिक यात्रा नै मेरो सफलताको बाटो हो : विन्दु पुडासैनी सिंखडा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
श्रीमानको साथ र राजनैतिक यात्रा नै मेरो सफलताको बाटो हो : विन्दु पुडासैनी सिंखडा

Share

निर्मला सापकोटा सञ्जेल/सुनिता तामाङ, काठमाडौं

वि.सं.२०२८ श्रावण २७ गते का दिन नुवाकोटको कुमारी ४ (साविक गाविस) मा साईलो संन्तानको रुपमा जन्मिनु भएकी विन्दु पुडासैनि सिम्खडा हाल कागेश्वरी मनोहरा नगरपालिकाको उप प्रमुख पद समाल्दै आईरहनु भएको छ । जन्मथलो नुवाकोटमा भएता पनि औपचारिक शिक्षा भने भक्तपुरको चाँगुनारायण स्कुलबाट शुरु गर्नुभएकी सिम्खडा औपचारिक शिक्षालाई थाति राख्दै वि.सं. २०४७ सालमा तत्कालिन  थलि वडा नं. ८, हाल कागेश्वरी मनोहरा–५,  ठमाडौका श्याम प्रसाद सिम्खडासँग बैवाहिक बन्धनमा बाँधिनुभयो । जुन बैवाहिक सम्बन्धसँगै सामाजिक तथा राजनीतिक जीवनयात्रालाई पनि निरन्तरता दिने सुनौलो अवसर प्राप्त भयो ।

नेपाली समाजमा अझै पनि भनिन्छ “जस्तो सुकै दुःख पाएता पनि माईतिलाई नसुनाउनु”, सायद उहाँ पनि यसै भनाईबाट प्रभावित हुनुभयो । वाल्यअवस्था तथा किशोर अवस्था सुखि, शिक्षित र सामुहिक परिवारमा विताउनुभएकी उहाँले कर्मघर ठिक विपरित गरी विताउनुप¥यो । विगतलाई  सम्झिीदै भन्नुहुन्छ “म सम्पन्न ठूलो परिवारमा हुर्केकी, दुःख के हो भन्ने कुरालाई केही महसुस नगरेकी मैले विवाहपश्चात ठिक विपरित अवस्था भोग्नुप¥यो, परालले छाएको छानो, उठ्दा टाउको ठोकिने ,पानीपर्दा रुझिने र शौचालय सम्म नभएको , मेरो श्रीमानको घर थियो । म भक्कानिदै कति चोटि एकान्तमा रुन्थे । तर माईतिलाई कहिलै आँशु देखाउदिन थे ।”

वि.सं. २०५४ सालबाट रानीतिक यात्रा सुरु गर्नुभएकी हाल उपप्रमुख पद समाहलिरहँदाको जीवन भोगाईको उत्तरचढाव सँगै बैवाहिक सम्बन्धलाई राजनीतिक यात्रामा आफ्नो श्रीमानको साथ र सहयोगले यसलाई निरन्तरता दिने सुनौलो अवसरको रुपमा लिनुहुन्छ । “नारी कति महान छिन्, आफना जन्म दिने बाबु आमा छोडेर आएकी हुन्छे, फरक घरपरिवार, फरक जीवनशैली, फरक समाज, फरक संस्कारमा घुलमिल भएर समाहित हुन्छिन् । नारीको साथ र सहयोगले नै पुरुष पूर्ण छ । अन्यथा नारी बेगर पूरुष अपूर्ण छ । त्यसैले दोस्रो दर्जाको हिसावले नहेरी उनिहरुलाई पहिलो दर्जामा प्रेम सदभाव र हौसला दिनुपर्दछ । उसको जन्मघरको माया विर्साउनु पर्छ । हो म आफ्नो श्रीमानको प्रेम, सदभाव र हौसलाले अहिले यो ठाउँ सम्म आउन सफल भएकी छु, तर यसको अर्थ यो हाईन की एकल प्रयासले मात्र सफलता हाँसिल गर्न सकिन्छ, तसर्थ आफ्नो लगाव पनि उत्तिकै आवश्यक रहन्छ”

नेपाली प्रचलित उखान छ कि “श्रीमान र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् ।” तर्सथ विवाहपश्चातको आर्थिक, सामाजिक, पारिवारिक माया, प्रेमको अवाभै अभावमा पनि विचलित नभई त्यसलाई अवसरको रुपमा लिदै एक अर्काको माया र सद्भाले यहाँसम्म आउन सफता मिलेको बताउनुहुन्छ ।

नेपोलियन बोनापार्टले भनेका छन् कि “मलाई असल आमा देउ म तिमीलाइ असल रास्ट्र दिनेछु”  यस भनाईको प्रसंगमा तिन सन्तानकी आमा हुनु भएकी छोरीछोरी मात्र जन्माई भनेर आलोचना गर्नेहरुको कमी रहेन उहाँको लागि । “छोरी छोरी जन्माई भए भनेर समाजका कतिपय लालछना लगाउथे तर म पनि एउटी नारी र आफनो आत्मा सम्मानले बाच्ने मान्छे थिए, त्यसैले छोरीलाई छोरा सरह योग्य बनाउनेछु, तर तिनीहरुका अगाडी झुकाउने छैन भनि जबाफ दिन्थे । नभन्दै तीन छोरी सरकारी स्कुलमा पढाए पनि गर्व गर्न लायकका छन । एउटी आमाले दिने संस्कार भनेको सय जना प्रशिक्षक बराबर हुन्छ ।”

आर्थिक, सामाजिक, राजनीतिके जीवन भोगाईको क्रममा उप–प्रमख पदको लागि दावी गरिरहँदा ‘दुईसयको कुर्था लगाउन नसक्नेले के उपमेयर पद दावी गरेको ! भन्ने जस्ता मनोवल गिराउने आलोचना समेत नआएका होईनन् । तर पनि त्यसलाई अवसरको रुपमा लिएर आफ्नो काम कर्तव्य र सामाजप्रति जीम्मेवार भएर अगाडि बढेर पार्टिले दिएको दिएको भरोसालाई आत्मासाथ गर्दै अगाडि बढ्नु भयो । जसको परिणाम अहिले समयले देखाएको छ ।

बास्तवमै एउटा सफल नारी मात्र नभई सफल पात्र बन्न जीवन भोगाईमा आईपर्ने सुखदुःखलाई सँगसँगै लान सक्नुपर्दछ ।  भन्नुहुन्छ “जो महिलाले उपेक्षालाई सहन सक्छिन, अरुको कुरा काटदिनन् , श्रीमान सँग आर्थिक रुपमा परनिर्भर हुदिनन् साथै सामाजिक र राजनीतिक रुपमा सचेत हुन्छिन् तवमात्र सफल नारी बन्न सक्छिन् । तसर्थ मलाई मेरो निडर स्वभाव, समाजप्रति दायित्वबोध, श्रीमानका साथ र सहयोग  साथै सम्पूर्ण नगरबासीहरूकोको  सहयोगले यो यात्रामा थप हौसला मिलेको छ । र नै ,मेरो राजनीतिक जीवनयात्रा निरन्तर अगाडि बढिरहेको छ ।”

भिडियो:

 

तपाईको प्रतिक्रिया