
दीपावलीले सबैमा
उमङको लहर ल्याओस
फुलैफलको वहार जस्तै
मनभरी ढकमक्क छाओस
कागलाई
श्रद्धाको प्रसाद दिएझै
गाँईलाई लक्ष्मी मानि
सम्मानको माला भित्र लिएझै
हरेक तिहारले हामीलाई
श्रद्धा र सम्मानको अर्थ दिलाओस
गाँईलाई लक्ष्मी मानेर
पूँजा गरीरहदा
गोरुलाई गोर्वधन मानेर
पूँजाभरी रहदा
हरेक तिहारबाट हामीमा
समानताको शिक्षा पलाओस
फुलकामाला उनेर
घरका ढोका सजाएझै
आगन देखि चोटा कोठा
सफासुग्गर बनाएझै
हरेक तिहारले
मनका कोठा कोठा सजाउने
उत्साहा दिलाओस
दियोमा तेल भरेर
द्धिप बालिरहदा
अध्यारोलाई चिर्दै
उज्यालो पारीरहदा
हरेक तिहारले हामीमा
दियो भित्रको
तेल र बाति जस्तै बनि
जिम्वेवारी र कर्तव्यका
पाठहरु सिकाओस
निर्मला सापकोटा सन्जेल
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु