
प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन् । कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन् ।
तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन् । खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ । एक अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन ।
अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ । बेसारले सौन्दर्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
छालाको समस्याका लागि बेसार अचुक औषधि नै मानिन् । बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ । बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ ।
फाइदाहरु यस्ता छन् :
१.बेसारले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ ।
२.बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ ।
३.बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ ।
४.बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ ।
५.नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन ।
६.नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ ।
७.नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु