आज देशभरको मौसमः राईमा हुस्सु र कुहिरो

कोशिस मल्टिमेडिया
३ घण्टा पहिले

Share

माघ २२, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सफा रहनेछ । तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो ।

दिउँसो तराई भू-भागका धेरै स्थानमा हुस्सु र कुहिरो रहने विभागकाले जनाएको छ ।

पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति तराई क्षेत्रका थोरै स्थानमा हुस्सु रहने बताएको छ । देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेने विभागको पूर्वानुमान छ ।

तपाईको प्रतिक्रिया