जसले असहायहरुको सेवाको लागि औठी र सिक्री वेचिन्….. (भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जसले असहायहरुको सेवाको लागि औठी र सिक्री वेचिन्….. (भिडियोसहित)

Share

नारीकोसिस डटकम । जीवनका सुख दु:ख भुलाउँदै जिन्दगीमा आईपर्ने हर चुनौतीलाई अवसरको रुपमा लिँदै विगत तीन वर्षदेखि आफूलाई समाज सेवामा समर्पित  गरिरहेकी छिन्  सरिता निलसागर । शिक्षा संकायबाट स्नातक तहसम्मको औपचारिक शिक्षा हाँसिल गरेकी सरिताको दैनिकी असहाय अशक्त आमाबुबाहरुको स्याहार सुसार तथा उनीहरुको सरसफाई कार्यमा बित्छ । २०४७ सालमा बडैयाताल गाउँपालिका बर्दियामा जन्मिएकी सरिता निलसागरले आफ्नो लक्का जवान भाई मोटर साइकल दुर्घटनामा गुमाए पछि दिदी र भाई दुई सन्तान मात्र रहेको परिवारमा भाइको यो दुर्घटनाले परिवारमा सही नसक्नुको ब्रजपात पर्यो । त्यो पिडा भुलाउन  उनले आफूलाई समाज सेवामा समर्पण गरी अशक्त, साहारा विहिन वृद्धा  तथा बालबालिकाहरुको उद्धार गरी सेवा दिँदै आईरहेकी छिन्”निलसागर असाय अशक्त तथा जेष्ठ नागरिक केन्द्र” नेपालगन्ज हाल ४५ जना असहायहरु रहेका छन् ।

२०७२ साल मंसिर २९ गतेबाट औपचारीता पाएको उक्त केन्द्र स्थापना गर्दै गर्दा सुरुवाती दिनहरुमा धेरै संघर्ष तथा चुनौतीहरु झेल्नु परेको उनी बताउँछिन् ।सेवा भाव नै उनको आत्मा सन्तुष्टिको  पाटो रहेको हुँदा उनी जस्तासुकै परिस्थितिसँग पनि लड्न पछि नहटेको जनाउँछिन् ।

सरिताका अनुसार घर परिवारबाट अपहेलित भएका, वेवारिसे बृद्धा आमाबुबा विछोडिएका बालबालिका तथा आफन्त कोही नभएका बालबालिकाहरुलाई उद्धार गरी नि:शुल्क गाँस, वास र  कपासको सेवा प्रदान गरेसँगै केन्द्रले हालसम्म ९५ जनालाई आफन्त परिवारसँग  पुनर्मिलन समेत  गराईसकेको छ । ती उद्धार गरिएको मानिसहरुको स्याहार सुसार देखि लिएर मृत्यु हुुँदा किरीया सम्म गर्न, पछि हट्दिनन् सरिता निलसागर ।

संस्था सुरुवात गर्दा आफ्नो औँठी र सिक्री बेचेर संस्था स्थापना गरेकी सरिता भन्छिन् “हाल महिनाको चालिस हजार घर भाडा मात्रै तिर्नुपर्छ, केही व्यक्तिको सहयोग छ तर अन्य कुनै संघ सस्थाको सहयोग छैन” । नेपालकै दोस्रो मानव सेवा अन्तरगत  रहेको उक्त संस्थालाई राज्यवाट भवनको व्यवस्था गरिदिए केही सहज हुनेमा उनको अपेक्षा छ । सुरुवातका दिनदेखिनै विशेष सहयोग अमन सुबेदी ज्युले पुर्याई दिनुभएको हुँदा निक्कै राहतको महुसस गरेको उनी बताउँछिन ।

व्यक्तिले सफलता हासिल गर्न सर्वप्रथम आफूलाई चिन्न तथा आफना कमजोरीलाई झिक्न जानेमा जीवनमा आएका समस्याहरु अवसर हुन् भनेर बुझेमा व्यक्तिले समाजमा एउटा महत्वपूर्ण भूमिका निर्वाहा गर्न सक्दछ भन्ने कुरा जनाउछ । समाज परिवर्तनको लागि स्वयम् व्यक्ति आफै पनि जिम्मेवारी बोध  भई आफ्नो काम कर्तव्यप्रति अग्रसर हुनुपर्ने र राज्यले त्यस्ता व्यक्तिहरुलाई प्रोत्साहन  दिनुपर्छ भन्ने मान्यता राख्ने उनी हर कार्य सफलताको लागि सर्वप्रथम आफूलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
सरिताको यो मानवीय सेवा तथा उनको काम कर्तव्य र  जिम्मेवारीपूर्ण सामाजिक कार्य साँच्चै नै प्रशंसायोग्य छन् । सरिताको कामलाई राज्यले पनि उच्च मुल्याङ्कन गरोस् ।

भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया