देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता

कोशिस मल्टिमेडिया
३ घण्टा पहिले

Share

माघ २२, काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।

कुल मतदातामध्ये महिला ९२ लाख ४० हजार १३१ , पुरुष ९६ लाख ६३ हजार ३५८, र अन्य २ सय जना रहेका छन्।

देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया