बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

कोशिस मल्टिमेडिया
३ दिन पहिले

Share

 

माघ २४, काठमाडौं । बंगलादेशलाई हराउँदै भारतीय युवा टोलीले साफ यू–१९ महिला च्याम्पियन्ससिपको उपाधि जीतेको छ।

शनिबार पोखरा रगंशालामा सम्पन्न फाइनलमा बंगलादेशलाई ४–० को अन्तरले हराउँदै भारतले उपाधि जित हासिल गरेको हो।

यू–१९ च्याम्पियनसिपमा भारतले तेस्रो पटक उपाधि हात पारे । भारतले यसअघि सन् २०२२ र २०२४ मा उपाधि जितेको थियो।

भारतसँगको हारले बंगलादेश भने उपाधि रक्षा गर्नबाट बन्चित भएको छ।

माघ १७ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा भारत र बंगलादेशसहित घरेलु टोली नेपाल र भुटान सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया