कागेश्वरी मनोहरा नगरपालिकाले गर्यो सबै वडाको घर संख्या सार्वजजनिक, सवैभन्दा थोरै घर संख्या वडा नम्बर तीनमा !

नारी कोसिस डटकम /पौष -२, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाको सवै वडाहरूको घर संख्या विवरण सार्वजनिक गरिएको छ। नगपालिकाले शुरू गरेको Metric System र Base Map मा आधारित जनगणना २०७५ ले गरिएको सवै वडाहरूको घर विवरण सोमबार सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त तथ्याङ्कमध्ये नौ नम्वर वडामा सवैभन्दा बढि घर संख्या (तिन हजार नौ सय चौध) रहेको छ भने सवैभन्दा थोरै वडा नम्वर तीनमा (नौ सय असि ) रहेको छ ।सार्वजनिक गरिएको उक्त तथ्याङ्क निम्न रहेका छन् ।
सार्वजनिक गरिएको वडाहरुको घर संख्या :
वडा नं १: २९१२
वडा नं २: १३३९
वडा नं ३ : ९८०
वडा नं ४ : १८५०
वडा नं ५ : २५५४
वडा नं ६ : ३६०६
वडा नं ७ : ३८९७
वडा नं ८ :२६२५
वडा नं ९ :३९१४
जा२०६८ सालको तथ्यांक अनुसार नगरपालिकाको घर संख्या १४,२०० रहेको छ भने हालको सर्भे गरिएकोअनुसार जम्मा घर संख्या : २३६७७ (तेईस हर छसय सतत्तर ) रहेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगर प्रमुख कृष्ण हरि थापाले गणना भएका सवैको घरको आफनो गेट वा वालमा अस्थाई नम्बर लेखीएको छ कि छैन जाँचबुझ गरी नलेखिएको भएमा आफ्नो वडामा जानकारी गराई यस कार्यमा सहयोग गरिदिनुहुन आम वडावासीलाई अनुरोध गरेका छन ।
तपाईको प्रतिक्रिया