भक्तपुरको एक पोखरीमा महिला मृत भेटिइन्

नारीकोसिस डटकम/माघ २५, काठमाडौं । भक्तपुर नगरपालिका २ ठूलो ब्यासी स्थित पोखरीमा एकजना महिला मृत भेटिएकी छन् ।
४९ वर्षीया गंगा छुकाँ मृत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो ।
महिला मृत भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रभाग ब्यासीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले महिलाको शव पोष्टमार्टमका लागि भक्तपुर जिल्ला अस्पताल पठाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट मृतक गंगा बिहीबार साँझ घरबाट निस्किएको र अजा मृत अवस्थामा शव भेटिएको बुझिएको छ । बाँकी कुराहरु अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया