
नारीकोसिस डटकम/वैशाख ४, काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् ।
यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् ।
मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकले बालबालिकामा पोर्न सामग्री पुर्याएको, यौनजन्य अपराध फैलाउन सक्ने भन्दै प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो। टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीशहरूको व्याख्या थियो ।
त्यस बमोजिम दुवै कम्पनीले कदम चालेका हुन् । मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्यो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु