श्रीमान त्यो महान व्यक्ति हैन…

सुनिता तामाङ
श्रीमान त्यो महान व्यक्ति हैन
जो श्रीमतीको हर गल्ति स्वीकार्न सकोस्,
श्रीमान त्यो महान मनोवैज्ञानिक हैन
जो श्रीमतीको हर चाहनालाई अन्तरमनले बुझोस्,
श्रीमान त्यो महान समाजशास्त्री हैन
जो श्रीमतीको हर व्यवहार सामाजिक उपजको रूपमा लियोस् ,
र
श्रीमान त्यो महान वैज्ञानिक पनि हैन
जो श्रीमतीको हर चीजलाई विज्ञानको आँखाले हेरोस्,
त्यसैले तिमी यत्ति हिनताबोध पनि नगर
मनभरी खिन्नताले आँशु नभर । । ।
तपाईको प्रतिक्रिया