सफलताका सुत्रहरु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सफलताका सुत्रहरु

Share

– दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ भने, शुद्ध मन भएको मानिसले शुद्ध बोली बोल्छ ।– गौतम बुद्ध

– दुष्ट मानिसलाई आदर गर्नु हुदैन ।  –विदुर नित

–  दुष्कर्ममा मन लाउनाले राम्रो उपायले सावधानीका साथ गरेको कर्म पनि सफल हुदैन ।  – विदुर निति

– विद्याबाट अलंकृत भएपनि दुष्ट व्यक्ति सदा हुन्छ ।   – भर्तुहरी 

– जति वुढो भएपनि दुष्ट दुष्ट नै रहन्छ, जति पाकेपनि तितो फल तितै रहन्छ ।  – कौटिल्य

– संसारमा पाइने पाप, दुराचार तथा भ्रष्टाचार मानिसको जन्मजात दुष्टताको परिणाम नभएर कला तथा विज्ञानको प्रगतिको परिणाम हो ।  – जिन ज्याक रुसो 

– ज्ञानले मुक्तिको मार्ग देखाउँछ र नै यसविना मानिसले आफुलाई संसारिक बन्धनबाट मुक्त गर्न सक्दैन । – मनुस्मिृती

– दुष्ट आचरण गर्ने व्यक्ति संसारमा निन्दित हुन्छन् ।  – मनुस्मिृती

– दुर्जनको कुरा सदैव आडम्वरले भरिएको हुन्छ ।  – संस्कृत उक्ती

– दर्शन वा तत्वहरुले अरु सवै ज्ञानहरुलाई प्रदीप्त गरिदिन्छ । – कौटिल्य

तपाईको प्रतिक्रिया