व्यायाम के हो ? यसको फाईदाहरु के के हो ?

शारिरीक व्यायम शारीरिक गतिविधिकै एक विशेष प्रकार हो । यो व्यायाम योजनावद्ध हुन्छ । अर्थात व्यायाम भनेको त्यो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायमले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । शारीरिक रुपमा सक्रिय व्यक्ति जसले व्यायामलाई पनि आफ्नो जीवनशैलीको हिस्सा बनाएको छ, त्यो एकदमै लाभदायक मानिन्छ ।शारीरिक गतिविधि गर्ने व्यक्तिको शरीर लचिलो हुन्छ । उफ्रिने, दौडने काम फुर्तिसाथ गर्न सक्छन् । व्यायाममा यसले थप सहयोग गर्छ ।
फाईदा
- स्मरण शक्ति बढाउछ ।
- तनाव मुक्त गर्छ ।
- भिविन्न किसिमका रोग लाग्नबाट बचाउछ ।
- प्रेसर, सुगर, थाईराड जस्ता रोगलाई सन्तुलनमा राख्छ
- एकाग्रता ल्याउन मद्दत पु¥याउछ ।
- मनमा आनन्दको अनुभूति दिलाउँछ ।
- छालालाई राम्रो पार्छ ।
- उमेर कम देखिन्छ अर्थात बुढ्यौलीलाई अलि पर धकेल्छ ।
- छाला कम चाउरी पर्दछ ।
तपाईको प्रतिक्रिया