कपालमा मेहन्दी लगाउदै हुनुहन्छ ? यी कुरामा ध्यान दिनुहोस्

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
कपालमा मेहन्दी  लगाउदै हुनुहन्छ ? यी कुरामा ध्यान दिनुहोस्

Share

आफ्नो कपाल राम्रो होस् भन्ने रहर कसलाई हुदैन ? अझ विषेश गरी महिलाहरुका लागि कपालले शौन्दर्यमा विषेश प्रभाव पार्ने भएकोले कपला राम्रो देखिन जरुरी हुन्छ । कपाल राम्रो देखिँदा मान्छेको व्यक्तित्व विकासमा पनि प्रभाव पर्छ । अहिले बजारमा कपलालाई रंगाएर राम्रो बनाउने कलरहरु धेरै आईसकका छन् । कपालमा कलर मेहन्दी लगाउनुअघि केही कुरामा ध्यान दिन पनि उत्तिकै जरुरी छ ।
— कपालमा मेहन्दी लगाइ सकेपछि अब केही महिनासम्म ढुक्क भइयो भनेर नवस्नुहोस् । मेहन्दी गरिसकेपछि केही दिनसम्म कपाल राम्रो हुन्छ, तर त्यसपछि दिनदिनै त्यसमा गिरावट आउँछ । त्यसकारण पहिलेदेखि नै ख्याल गर्नुपर्छ ।

— मेहन्दी लगाएपछि जब कपाल धुनुहुन्छ, त्यसबेला चिसो पानी मात्रै प्रयोग गर्नुपर्छ । यसले कपालबाट धेरै कलर जानबाट रोक्छ ।
—मेहन्दी लगाएपछि धोएको कपालको पानी नतैरियोस् भन्नका लागि हल्का रंगको तौलिया र हल्का रंगको कपडा लगाउनु पर्छ । कपडामा कपालको रंग बस्न बाट बच्न सकिन्छ ।
—मेहन्दी कलर गरेपछि छिटोछिटो कपाल धुने नगर्नुहोस् । त्यसो गरेमा कपालको मेहन्दी छिट्टै फिका हुनसक्छ ।
— कपालमा मेहन्दी गरेर नधुँदा चायाँ पर्ने सम्भावना पनि हुन्छ, यसबाट पनि बच्नुपर्छ ।
— कपालमा मेहन्दी गर्नुअघि पञ्जा लगाउन भुल्नु हुँदैन । अन्यथा तपाईंको हातमा मेहन्दी लाग्छ । त्यसलाई सफा गर्ने अर्को झण्झट पर्छ ।

तपाईको प्रतिक्रिया