व्यायम गर्दैहुनुहुन्छ ? व्यायम गर्नेले के खाने ?

शारिरीक व्यायम शारीरिक गतिविधिकै एक विशेष प्रकार हो । यो व्यायाम योजनावद्ध हुन्छ । अर्थात व्यायाम भनेको त्यो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायमले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । शारीरिक रुपमा सक्रिय व्यक्ति जसले व्यायामलाई पनि आफ्नो जीवनशैलीको हिस्सा बनाएको छ, त्यो एकदमै लाभदायक मानिन्छ ।शारीरिक गतिविधि गर्ने व्यक्तिको शरीर लचिलो हुन्छ । उफ्रिने, दौडने काम फुर्तिसाथ गर्न सक्छन् । व्यायाममा यसले थप सहयोग गर्छ । व्यायम गरे सँगै हामीले खाने कुरामा पनि ध्यान दिन जरुरी हुन्छ ।
व्यायम गर्नेले के खाने ?
कार्बोहाइड्रेट, कम मात्रामा प्रोटिन र स्वस्थकर बोसोको प्रयोग गर्नुपर्छ ।
दूध, फलफूल, अन्डाको सेतो भाग, चना आदिको प्रयोग गर्नुपर्छ । किनकि, व्यायाम र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ बन्छ ।
ड्राइफुड र जंकफुड खानुहुँदैन ।
शरीरका लागि पानी अत्यावश्यक छ । व्यायाम गर्ने मानिसले पानी प्रशस्त पिउनुपर्छ । पानीले शरीरलाई ताजा राख्न सहयोग गर्छ । एक्सरसाइज गर्दा पसिना बग्ने भएकाले पानी एकदम बढी पिउन जरुरी छ । दिनमा करिब पाँच लिटर पानी पिउनुलाई स्वस्थकर मानिन्छ ।
समयमा र स्वस्थ खाना एक्सरसाइजभन्दा बढी महत्वपूर्ण हुन्छ । त्यसैले सन्तुलित खानामा विशेष जोड दिनुपर्छ ।
तपाईको प्रतिक्रिया