यसकारण नुहाउनअघि तेल लगाउनुहोस्

विशेष गरी महिलाहरुका लागि कपालले मत्व रहत्व राख्दछ । कपालले महिलाहरुका लागि शौन्दर्यता प्रदान गर्दछ । त्यसैले कपलालाई स्वस्थ राख्न उत्तिकै आवश्य हुन्छ । कपाललाई विशेष हेरचाह गर्नुपर्दछ । कपाल कुनै कारण वा प्राकृतिक रुपमै खस्रो छ भने यसलाई घरेलु् उपाय अपनाएर नरम बनाउन सकिन्छ । तेलले कपाललाई चाहिने पौष्टिक तत्व प्रदान गर्दछ । जसले कपाईको कपालाई नरम बनाउन मद्दत गर्दछ । तर तेल नुहाउनुभन्दा अगडि लगाउनुपर्छ ।
तेल कसरी लगाउने ?
कुनै रङ प्रयोग गरेको कपाल छ भने बाक्लो र बढी मोस्चर भएको तेल प्रयोग गर्नुहोस् ।
कपाल बढी नै सुक्खा छ भने नरम बनाउन सक्ने प्रकृतिको तेल हुनुपर्छ । यस्तो कपालमा नुहाउनुअघि नरिवलको तेलले मसाज गरेर तीन घन्टापछि पखाल्नु राम्रो हुन्छ ।
कुनै पनि रङ प्रयोग नगरे पनि कसैको कपाल सामान्य अवस्थामै सुक्खा हुन्छ । यस्तो कपालमा जैतुनको या तोरीको तेलले मसाज गर्नु उपयुक्त हुन्छ । कपालको जरैदेखि भिज्ने गरी मसाज गरेर दुई घन्टापछि पखाल्नुपर्छ ।
सामान्य कपालमा पनि क्वालिटी मेन्टेन गर्न नुहाउनुअघि तेल मसाज गर्नु राम्रो हुन्छ । यस्तो कपालमा बदामको तेल उपयुक्त हुन्छ । मसाज गरेको दुई घन्टापछि पखाल्नुपर्छ ।
नुहाउनुअघि बढी मोस्चर भएको तेल राम्रोसँग तताएर मनतातो भएपछि लगाउनु उपयुक्त हुन्छ ।
तपाईको प्रतिक्रिया