रत्नपार्क निःशुल्क वाइफाइ

कोशिस मल्टिमेडिया
१६ घण्टा पहिले

Share

१८ मंसिर, काठमाडौं । काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क ( वाइफाइ ) इन्टरनेट चलाउन पाइने भएको छ ।

कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित ( शंखधर उद्यान ) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।
महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ ।

शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन् ।

अनलाइन खबरबाट साभार

तपाईको प्रतिक्रिया