वडा अध्यक्ष स्व. भीमसेन थापाको उपचार क्रममा असामयिक निधन
नारी कोसिस डटकम/ कागेश्वरी मनोहरा नगरपालिका वडा नं–७, का वडा अध्यक्ष स्व. भीमसेन थापाको आज बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कोगेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्कीले स्व. थापाको नेतृत्व क्षमता, सामाजिक सेवाप्रति समर्पण, विनम्र व्यवहार तथा समुदायप्रति व्यक्त गरिएको प्रेम सधैँ स्मरणीय रहनेछ भन्ने कुरा व्यक्त गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ।

त्यसैगरी उप -प्रमुख शान्ता थापाले उहाँले यस नगरपालिकालाई दिनु भएको योगदान हामी सबै नगरबासी सदैव संम्झि रहनेछौ भन्दै स्व.भिमसेन थापालाई भावपूर्ण श्रद्धान्जली अर्पण सहित शोकाकुल परिवारजनमा धर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गर्नु भएको छ ।

उहाँको पार्थिव शरिरमा पुर्व उप-प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले भोलि नगरपालिका कार्यालय, सबै वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।
उहाँको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाटमा हजारौको संख्यामा शुभचिन्तक तथा आफन्तजनहरुको उपस्तिथि रहेको छ ।



तपाईको प्रतिक्रिया