खुशीहरु सधै तिम्रा…..

खुशीहरु सधै तिम्रा
फकृएर फुलिरहुन
अधेरी पनि तिम्रा
सपनाहरु झुलिरहुन
लोभि नजर छोडि तिमि
सत मार्गको बाटोमा हुनु
घमण्ड हटाएर
नम्रतालाई सधै छुनु
धनी गरिब बिच कहिलै
मत भेद नल्याई दिनु
काटे रगत एउटै आउछ
समानतालाई छाइदिनु
आत्मा सम्मान कस्तो हुन्छ
त्यसलाइ छुन सिक्नु
अनुशासन कस्तो हुन्छ
त्यस भित्र हुन सिक्नु
सफलताले पछ्याउछ
अनि तिमी पुग्छौ माथी
को आफ्नो को पराइ
हुन्छौं तिमी सबैको जाति
निर्मला सापकोटा संन्जेल
तपाईको प्रतिक्रिया