हुम्लामा आगलागी हंदा दुईजना घाइते
पुस ११, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा गएराति आगलागी हुँदा दुईजना जलेर घाइते भएका छन् । सोही गाउँपालिका वडा नं.२ का अध्यक्ष सिद्ध कार्कीको जानकारी अनुसार उक्त आगलागीमा परी घाइते भएका लैबा फडेरा र बम्बु फडेरालाई जिल्ला अस्पताल हुम्ला सिमकोटमा उपचारको लागि पठाइएको छ । कार्कीका अनुसार घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ ।
हालसम्म क्षतिको यकिन विवरण आउन छैन तर आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेका छन् भने रमेश महताराको घरको सामान जलेर नष्ट भएको छ ।



तपाईको प्रतिक्रिया