मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुस  १२, रौतहट । रौतहटको कटहरीया नगरपालिका ९ मा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शनिवार विहान ज्योती डिस्टीलरी उद्योगमा बोइलर विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ९एसपी० रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बलिराम राय, रहमत मिया, बिगन राय, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।

घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया