निर्वाचनको वातावरण बनेको छ: मन्त्री खरेल

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुस १२, भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएको छ ।

आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री खरेलले भन्नुभयो, “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपीओलीसँग पनि छलफल भयो, आजै नेकपाका अध्यक्ष प्रचण्डसँग पनि छलफल हुँदैछ । सरकार निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध छ ।”

तपाईको प्रतिक्रिया