बालबालिकाको लागि चिया–कफी हानिकारक छ ?

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

काठमाडौं । विश्वमा सवैभन्दा बढि खपत हुने पियपर्दाथ मध्ये चिया एक हो । नेपालमा पनि यसको मात्रा सवै नेपलाीले पिउने गरिन्छ । विशेष गरी जाडो महिनामा । यो जाडो महिनामा तातो वनाउने वहानमा चियाको मात्रा बढि यिउने गरिन्छ । ठूलोलाई पनि यसको मात्राले असर गर्छ नै साना वालवालिकालाई झनै असर गर्छ ।

चिया र कफीमा पाइने क्याफिनले बालबालिकाको कलिलो शरीरमा वयस्कको तुलनामा निकै तीव्र असर गर्छ। बालबालिकाको मस्तिष्क र स्नायु प्रणाली विकास भइरहेको अवस्थामा क्याफिनले निद्रा, भोक र एकाग्रतामा गडबडी ल्याउँछ।

विशेषज्ञका अनुसार क्याफिनले मस्तिष्कमा निद्रा लगाउने रसायन ुएडेनोसिनु लाई रोकिदिन्छ, जसका कारण बालबालिकाले थकाइ महसुस गर्दैनन् तर भित्रभित्रै उनीहरूको शरीर शिथिल भइरहेको हुन्छ। यसले गर्दा उनीहरू ढिलो सुत्ने, गहिरो निद्रा नपर्ने र स्वभावमा चिडचिडापन आउने जस्ता समस्या देखिन्छन्।

तपाईको प्रतिक्रिया