बिहानको काठमाडौँको न्यूनतम तापक्रम कति
पुस १८, काठमाडौं । पूर्वानुमान महाशाखाका जानकारीअनुसार आज बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ।
आज (शुक्रबार) सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिन (बिहीबार) को तुलनामा बढेको हो।
हिजो विहान काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने पछि बिहान ८ः४५ बजे अझ घटेर ४.६ डिग्री सेल्सियसमा झरेको थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।



तपाईको प्रतिक्रिया