बुद्ध एयरको विमान चन्द्रगढीमा दुर्घटना, ५५ यात्रु सकुशल
पुस १९, झापा । काठमाडौँ बाट झापाको भद्रपुर विमानस्थलका लागि उडेको जहाज भद्रपुरमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जहाजमा रहेको ५१ जना यात्रु र ४ जना चालक दल सहितको सबैजना सुरक्षित रहेको छ भने प्रहरीले जहाज ३०० मिटर पूर्व पट्टी गएर भास्सिएर क्षतिग्रस्त भएको र सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ।
काठमाडौंँबाट ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ५५ जना बोकेर उडेको बुद्ध एयरको (एन–एमएफ) कलसाइन भएको एटीआर ७२ को विमान शुक्रबार राति करिब ९ः१० बजे अवतरणका क्रममा रनवेबाट बाहिर पुगेको हो।
प्रहरी उपरीक्षक लिम्बूका अनुसार काठमाडौँबाट राति ८ः२३ बजे उडेको उक्त जहाज चन्द्रगढी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रनवेको पूर्वतर्फ ओभर रन भई करिब तीनसय मिटर अगाडि पुगेर भासिएको छ।



तपाईको प्रतिक्रिया