राष्ट्रिय सभाका लागि सातै प्रदेशबाट ४४ जनाको उम्मेदवारी दर्ता

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

राष्ट्रिय सभाको निर्वाचनका लागि सातै प्रदेशबाट उम्मेदवारी दर्ता गराएका छन्।

पुस २३, काठमाडौं । बुधबार सातै प्रदेशमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, सातै प्रदेशबाट विभिन्न दलका गरी ४४ जनाले मनोनयन दर्ता गराएका छन्।

आयोगले पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ भने पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्नेछ। त्यही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिन समय तोकिएको छ। त्यही साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ भने पुस २८ गते चुनाव चिह्न प्रदान गरिने भएको छ। माघ ११ गते मतदान हुनेछ।

 

तपाईको प्रतिक्रिया