काठमाडौंको न्यूनतम तापक्रम घट्यो
पुस २४, काठमाडौं । आज बिहीबार विहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार आज बिहान ५ ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस रहेको छ।
हिजो (बुधबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो।
यद्यपि पछि बिहान ८ः४५ बजे घटेर बुधबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।



तपाईको प्रतिक्रिया