समानुपातिकतर्फको मतपत्र छपाइ सुरु

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुस २५, काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको समानुपातिक तर्फको मतपत्र छपाइको काम सुरु गरेको छ । शुक्रबार (पुस २५) बाट मतपत्रको छपाइको काम सुरु गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

माघ ९ गतेसम्ममा सो पत्रको छपाइको कामसकिने छ । प्रवक्ता भट्टराईका अनुसार माग १० गतेपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ ।

समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह समावेश रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया