राष्ट्रियसभा सदस्य निर्वाचन उमेदवारको नामावली प्रकाशन आज
पुस २६, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत आज उमेदवारको नामावली प्रकाशन गर्दै छ । हिजो (शुक्रबार) र आज (शनिवार) मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशन गर्न लागेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो ।
पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचनको कार्यतालिका छ ।
आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गर्न लागेको हो । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । बाराखरी



तपाईको प्रतिक्रिया