…जीवनसाथी

सुनिता तामाङ
वर्षा याममा उर्लिएको
खहरे खोला हैनौ तिमी
निरन्तर वगिरहने नदि झै
हर सुःख दुःखमा साथ दिने
जीवनसाथी हौ तिमी,
शिशिर याममा उजाडिएको
रुख हैनौ तिमी
जीवनका हर उत्तरचढावलाई
धैर्यताले समाउने
जीवनसाथी हौ तिमी,
डिलहरुले वरिपरि घेरिएको
पोखरीको पानी हैनौ तिमी
सफल जीवनयात्राको सहजतलाई
स्वतन्त्रताको अर्थ बुझेको
जीवनसाथी हौ तिमी,
साचो प्रेमको बहानामा सिमित घेराभित्र वाँधिएको
साँघुरो विचार भएको प्रेमी हैनौ तिमी
समुन्द्रको पानी झै
गहिरो र फराकिलो विचार भएको
जीवनसाथी हौ तिमी । । ।
तपाईको प्रतिक्रिया