कांग्रेस विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा

कोशिस मल्टिमेडिया
५ दिन पहिले

Share

माघ १, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई चयन गरेको छ । सो महाधिवेशनले थापा सहित १ सय ६६ सदस्यीय केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो। उपसभापतिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

पुस २७ गते देखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (आदिवासी–जनजाति), योगेन्द्रसिंह चौधरी (थारु) डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी), कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) बाट चयन भएका छन् । 

थापाले सभापति चयनपछि भन्नुभयो-‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ 

तपाईको प्रतिक्रिया