सभापति थापाले बुझाए निर्वाचन आयोगमा नयाँ कार्यसमिति गठनबारे विवरण

कोशिस मल्टिमेडिया
५ दिन पहिले

Share

माघ १, काठमाडौं । नव निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट गठन भएको पार्टिको केन्द्रीय कार्यसमितिबारे निर्वाचन आयोगमा विवरण बुझाउनुभएको छ।

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाउनुभएको हो। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताउनुभयो।

 

 

तपाईको प्रतिक्रिया