अर्को हप्ता पानी पर्ने सम्भावना
माघ २, काठमाडौं । माघको यहि हप्ताको अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् । मौसमविद्ले उल्लेख गरे अनुसार पश्चिमदेखि पूर्वसम्म कतिपय स्थानमा पानी पर्न सक्ने सम्भावना छ ।
माघ ९ गतेदेखि पश्चिम नेपाल बाट सुरु हुने झरी माघ १३ गतेसम्म रहने देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले आप्mनो सामाजिक संजाल फेसबुक मार्र्फत माघ ९ गतेदेखि पश्चिम नेपाल बाट सुरु हुने झरी माघ १३ गतेसम्म पानी पर्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
माघ १३ गतेसम्म देशका विभिन्न स्थानमा त्यो क्रम जारी रहने उहाँको भनाइ छ ।
काठमाडौं । मौसमविद्ले आउँदो साता वर्षाको सम्भावना औँल्याएका छन् । पश्चिमदेखि पूर्वसम्म कतिपय स्थानमा पानी पर्न सक्ने मौसमविद्ले उल्लेख गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले माघ ९ गतेदेखि पश्चिम नेपालबाट पानी पर्न थाल्ने सम्भावना रहेको बताएका छन् । माघ १३ गतेसम्म देशका विभिन्न स्थानमा त्यो क्रम जारी रहने उनको भनाइ छ ।
उक्त अवधिमा वर्षाको राम्रो सम्भावना रहेको उहाँको भनाई छ । “उच्च पहाडहरूमा मध्यम हिमपात र वर्षारहिउँ पर्ने सम्भावना छ, मध्य पहाडहरूमा वर्षा र हिउँ मिसिन सक्ने सम्भावना छ र तराईमा कम वर्षा हुने सम्भावना छ,” उहाँले लेख्नसभएको छ ।
पूर्वानुमान परिवर्तन पनि हुन सक्ने र आउँदा दिनमा अद्यावधिक गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।
यसपालि हिउँदयाम सुरु भएयता जल तथा मौसम विज्ञान विभागको रेकर्डमा रहने गरी वर्षा भएको छैन । हिमपात पनि खासै भएको छैन ।



तपाईको प्रतिक्रिया