निर्वाचन आयोगबाहिर सुरक्षा व्यवस्थामा कडाई
माघ २, काठमाडौं । निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता कार्यकता भिडभाड बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
अहिले निर्वाचन आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू आजै निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका थिए ।



तपाईको प्रतिक्रिया