निर्वाचन आयोगले दियो गगन थापा समूहलाई आधिकारिकता

कोशिस मल्टिमेडिया
४ दिन पहिले

Share

माघ ३, काठमाडौं । निर्वाचन आयोगले गगन थापा  समूहलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले थापालाई सभापतिको मान्यता दिएको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन पश्चात बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा समूहलाई आधिकारिकता दिएको हो ।

कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो ।

तपाईको प्रतिक्रिया