नदीमा जीप खस्दा ३ जनाको मृत्यु, १ बेपत्ता
माघ ३, कालिकोट । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
हुल्मबाट शुभकालिका ४ जाँदै गरेको बोलेरो जिप सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट शुक्रबार भे.१. च २८९८ नम्बरको जिप तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
जिप सडकबाट ५०० मिटर तल नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। मृत्यु हुने तीन पुरुषको शव नदीबाट निकाले पनि सनाखत हुन बाँकी रहेको र बेपत्ता हुनेको परिचय पनि खुलेको छैन।



तपाईको प्रतिक्रिया