काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढ्दै
माघ ३, कालिकोट । काठमाडौँ उपत्यकाको न्यूनतम तामपक्रम विस्तारै बढ्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार माघ ३ गते बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ । हिजो शुक्रवार यो समयमा काठमाडौँको न्यूनतम तापक्रम ४.४ थियो।
गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियस थियो। त्यसयता निरन्तर तापक्रम बढिरहेको छ।



तपाईको प्रतिक्रिया