आज देशभर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम हुदै

कोशिस मल्टिमेडिया
४ घण्टा पहिले

Share

माघ ६, काठमाडौं । आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदै छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज माघ ६ गते देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुने भएको हो ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्ता गर्न जाँदा शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आयोगले आग्रह गरेको छ।

विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौमा भएको जेनजी आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ।

 

तपाईको प्रतिक्रिया