विद्युतीय तारमा परेर एकको मृत्यु
माघ ८, धनुषा । धनुषामा विद्युतीय बारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका ६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महतो जंगली जानवरबाट बाली जोगाउन खेतमा विद्युतीय बारमा करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीयय रामचन्द्र महतोले आफ्नो खेतमा लगाएको विद्युतीय बारमा आज बिहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ।




तपाईको प्रतिक्रिया