बेलायतमा राजा र रानीको काम के- के हुन्छ ?

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
बेलायतमा राजा र रानीको काम के- के हुन्छ  ?

बेलायतमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि, सिंहासन तुरुन्तै उनका उत्तराधिकारी, राजा चार्ल्स तृतीयलाई हस्तान्तरण गरियो ।
बेलायतमा संसदीय राजतन्त्र छ, अर्थात् राजा पनि छ र संसद पनि छ । यी दुवै त्यहाँका बलियो संस्था हुन् जुन एकअर्काका पूरक हुन्
राजा बेलायतका राज्य प्रमुख हुन् । यद्यपि, राजगद्दीका शक्तिहरू प्रतीकात्मक र औपचारिक छन् । बेलायतका राजा राजनीतिक रूपमा तटस्थ रहन्छन् ।
राज्य प्रमुखको रूपमा, राजा चार्ल्स तृतीयले रातो छालाको बक्समा हरेक दिन सरकारी काम र निर्णयबारे जानकारी प्राप्त गर्नेछन् ।

यसका साथै महत्त्वपूर्ण बैठक वा कागजातहरू पनि अग्रिम रिपोर्ट गरिनेछ, जसमा उनीहरूको हस्ताक्षर आवश्यक हुनेछ ।

प्रधानमन्त्री लिज ट्रसले सामान्यतया हरेक बुधवार बकिंघम प्यालेसमा राजा चार्ल्सलाई भेट्ने गरी सरकारको कामका बारेमा जानकारी गराउनेछन् ।

यी बैठक पूर्ण रूपमा निजी हुन्छन् र यतिबेला के कस्ता कुराकानी भए भन्ने कुनै आधिकारिक रेकर्ड राखिँदैन ।

राजाको पनि धेरै संसदीय कार्यहरू छन् ।
राजाको जिम्मेवारी के–के छन् रु

राजाको सबैभन्दा महत्त्वपूर्ण कार्यहरू मध्ये एक बेलायतमा आम निर्वाचन पछि सरकारको नियुक्ति हो ।

विजयी दलका नेतालाई राजाको निवास बकिङ्घम प्यालेसमा बोलाइन्छ र औपचारिक रूपमा सरकार गठन गर्न आमन्त्रित गरिन्छ ।

बेलायतमा आम निर्वाचन हुनुअघि सरकार भंग गर्ने अधिकार पनि राजासँग हुन्छ ।

यससँगै राजाले उद्घाटन समारोहमा संसद्को अधिवेशन सुरु गरी सरकारका योजनाहरू आफ्नो भाषणमा प्रस्तुत गर्छन् । यो भाषण बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा हुन्छ ।

राजाको काम संसदबाट पारित कानुनलाई वैध मानिने गरी औपचारिक अनुमोदन गराउनु पनि हो । अन्तिम पटक सन् १७०८ मा राजगद्दीले कुनै कानुन पारित गर्न अस्वीकार गरेको थियो ।

एजेन्सी

तपाईको प्रतिक्रिया