निर्वाचन आयोगले गर्‍यो मतपत्र सार्वजनिक

कोशिस मल्टिमेडिया
४ घण्टा पहिले

Share

माघ १७, काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूना सार्वजनिक गरेको छ ।

आयोगले सातवटै प्रदेशका क्षेत्रको वास्तविक मतपत्र सार्वजनिक गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।

उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको वास्तविक तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् ।

तपाईको प्रतिक्रिया