कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह सञ्चालन

कोशिस मल्टिमेडिया
८ घण्टा पहिले

Share

माघ २० काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित कागेश्वरी मनोहरा नगर अस्पतालमा आधुनिक शवगृह सेवा सञ्चालनमा आएको छ ।

२४ सै घण्टा सञ्चालनमा रहनेगरी नगरपालिकाभित्रका स्थायी बासिन्दाका लागि २४ घण्टासम्म शव राखेबापत रु. ८०० (नगर अस्पतालमै मृत्यु भएको अवस्थामा) र नगरपालिकाबाहिरका सेवाग्राहीका लागि रु. १,६०० तथा नगरपालिकाबाहिरका सेवाग्राहीका लागि २४ घण्टासम्म रु. २,३०० शुल्क तोकिएको छ।

सेवा पारदर्शी, सुरक्षित र मर्यादित रूपमा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया