चुनीखेल नयाँबस्ती आगलागी हुँदा २४ परिवार विस्थापित
माघ २१, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।
मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगलागि सुरु भएको आगो सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।
आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको र त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बसेकाहरुको २४ परिवार सबै विस्थापित भएको वडा अध्यक्ष टिकानारायण श्रेष्ठले जानकारी दिनुभयो ।
विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।
विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण आउन वाँकि छ । आज प्रहरीसहित मुचुल्का उठाइने र क्षतिको विवरण एकिन गर्ने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।



तपाईको प्रतिक्रिया