चिसोबाट बच्ने उपाय

चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ । चिसो मौसममा स्वास्थ्य हेरचाहमा ख्याल नगरेमा विभिन्न समस्या उत्पन्न हुन सक्छ । त्यसैले चिसोबाट बच्नुपर्दछ । शरीरलाई चिसोबाट बचाउन विभिन्न् उपायहरु अपनाउन सकिन्छ । चिसोलाई रोक्न त सकिदैन तर चिसोवाट विभन्न उपायहरु अपनाएर बच्न सकिन्छ ।
बच्ने उपाय
१. मर्निङवाक गर्न जाँदा चिसो लाग्ने सम्भावना हुन्छ । त्यसैले मर्निङवाकमा निस्कदा न्यानो पहिरन तथा टोपी लगाउने
२. कसैलाई चिसोले चाँडो असर गर्ने हुन्छ । त्यसैले मार्निङवाक नगई घरैमा बसेर पनि व्यायाम गर्न सकिन्छ ।
४. जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खाना नियमित खाने गर्नुपर्छ । हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुनजस्ता खानेकुराले शरीरलाई ऊर्जा मिल्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।
५. तातो पानी पर्याप्त पिउनुपर्छ । साथै, ग्रिन टी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
६. व्यायामका लागि सन्तुलित खाना, राम्रो निद्रा र पर्याप्त आराम आवश्यक हुन्छ ।
तपाईको प्रतिक्रिया