वर्षौ वितेछ आमा…..

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
वर्षौ वितेछ आमा…..

Share

दशैंमा रातो टिका
तिहारमा दाजुहरुलाई
मखमली माला नउनेको पनि त
वर्षौ वितेछ आमा,

के रहर, के बाध्यता, रफ्तारमा
गाउँबेसी धाएर काम गरी तिमीलाई
नयाँ रातो फरिया नकिन्देको पनि त
वर्षौ वितेछ आमा,

चाडवाडको  मात्र  के कुरा
तिमीसँगको विछोड पछि
खुशीको रौनकताले नसमाएको पनि त
वर्षौ वितेछ आमा,

हरेक वर्षको दशैंतिहारमा
मनभरीका पिडा विसाउदै
तिम्रै सम्झनाका शव्दहरुसँग
वात मार्न थालेको पनि त
वर्षौ वितेछ आमा……….!

 

तपाईको प्रतिक्रिया